अझै टुंगिएन लकडाउन खुकुलो बनाउने मोडालिटी

99

काठमाडौं – लकडाउन खुकुलो बनाउने मोडालिटीबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा छलफल भएको छ । तर मध्यरातमा सकिएको बैठकले कुनै ठोस निर्णय भने गर्न सकेन ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा लकडाउन खुकुलो बनाउने पाँच चरणको कार्ययोजना पेश भएको थियो । तर कोरोना संक्रमणको अवस्थाबारे थप विश्लेषण गरेर पर्सि फेरि छलफल गर्ने सहमति भएको एक मन्त्रीले जानकारी दिए ।

बैैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले पनि कार्ययोजनामाथि छलफल जारी रहने जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here