इलाका प्रहरीलाई राष्ट्रिय वाणिज्य बैंकको स्वास्थ्य सामाग्री सहयोग

71
नवलपुर– राष्ट्रिय वाणिज्य बैंक टांगिकोट शाखाले आइतबार इलाका प्रहरी कार्यालय रजहरलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ। राष्ट्रिय वाणिज्य बैंक टांगिकोट शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना रोकथामका लागी इलाका प्रहरी कार्यालय रजहरलाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
माक्स, पञ्जा, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्रीहरु शाखा कार्यालय प्रमुख निर्मल सुवेदी, बैंकका कर्मचारी हिमाल बिक्रम दर्जीले रजहर इलाका प्रहरी कार्यलयका असई राजकुमार घिमिरेलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।

कोरोनाभाइरसले महाब्याधीले विश्वनै आक्रान्त पारेको बेला सुरक्षा व्यवस्थापनका लागि अग्रमोर्चामा रहेको प्रहरीहरुका लागि स्वास्थ्य सामाग्री प्रदान गरिएको राष्ट्रिय वाणिज्य बैंक टांगिकोट शाखा कार्यालय प्रमुख निर्मल सुवेदीले बताए ।

यसले विपदको अवस्थामा जिउज्यान नभनी सुरक्षाकर्ममा अहोरात्र खटिएका सुरक्षाकर्मीहरुलाई हौंसला बढ्ने सुवेदीको भनाई थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here