प्रमको सम्बोधनमा उही दिव्य उपदेश : नेता भट्टराई

265

काठमाडौं  – जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा गरेको सम्बोधनलाई पटकपटकको उही दिव्योपदेशको संज्ञा दिएका छन् । डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्रीको सम्बोधनबारे यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्,’प्रम @kpsharmaoli को सबभन्दा ठूलो रोग डनिंग-क्रुगर इफेक्ट (अजासु प्रवृत्ति) नै देखियो।संसदमा उभिएर पटकपटक उही दिव्य उपदेश!कोरोनाले मर्नेहरू अरू कुनै कारणले मरेका रे! क्वरेन्टीनमा बस्नेहरूको यत्रो विजोग,परीक्षणको अभाव,विदेशबाट फर्कनेहरूको कन्तविजोक जगजाहेर छँदाछँदै सबै ठीकठाक रे!’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here