४० बर्ष पहिले लिम्पियाधुरा नेपालमै (भिडियो)

248
काठमाडौं – चार दशक अघिसम्म लिम्पियाधुरासहितको नेपालको नक्सा प्रयोगमा रहेको तथ्य बाहिर आएको छ। सन् १९७१ मा सिक्किमी राजा चोग्यालको लगानीमा सत्यजित रेले निर्देशन गरेको वृतचित्र ‘सिक्किम’ सेलुल्याईट डकुमेन्ट्रीमा लिम्पियाधुरासहित चुच्चे नक्सा स्पष्ट देखिएको छ।

सिक्किमको सार्वभौमसत्ताको बारेमा यो डकुमेन्ट्री केन्द्रित छ। रे भारतका तत्कालीन चर्चित चलचित्र निर्देशक हुन्। अहिले पनि रेलाई भारतको चलचित्र क्षेत्रको ठूलो सम्मानको रुपमा हेर्ने गरिन्छ।

भारतमा विलय हुनुपूर्व सिक्किमले आफ्नो संस्कृति र सार्वभौमसत्तासम्पन्न राष्ट्र भएको विश्वलाई देखाउन यो डकुमेन्ट्री बनाएको थियो। त्यो डकुमेन्ट्रीमा सिक्किमको भेषभूषा, कला, संस्कृति, धर्म, जातजातिलगायतका विषयमा चर्चा गरिएको छ। भारत र चीनबाट सार्वभौमसत्ता खतरामा रहेको अवस्थामा यो डकुमेन्ट्री बनाइएको आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here