प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमण खर्च पौने पाँच करोड

29
 काठमाडौं । जम्बो टोली लिएर दुई साता लामो अमेरिका र चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसैका लागि पौने ५ करोड रुपैयाँ खर्च गरेको खुलेको छ ।

अर्थ मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र चीनको औपचारिक भ्रमणका गएका प्रधानमन्त्रीको प्रतिनिधिमण्डलको भ्रमण खर्चबापत ४ करोड ७४ लाख २ हजार रुपैयाँ भुक्तानी भएको छ । यो रकम अर्थले परराष्ट्र मन्त्रालयका नाममा निकासा दिएको हो ।

प्रधानमन्त्री ३० भदौमा अमेरिका प्रस्थान गरेका थिए । उनले ४ असोजमा महासभालाई सम्बोधन गरेका थिए ।

उतैबाट उनी ५ असोजमा चीन पुगेका थिए । सो क्रममा उनी एसियन गेमको उद्घाटन कार्यक्रममा सहभागी भएका थिए । त्यसपछि उनले चीनका विभिन्न राज्यको भ्रमण गरी स्वदेश फर्किएका थिए ।

मुलुकमा आर्थिक संकट परेका बेला दुई साता लामो घुमफिरमा निस्किएको भन्दै उनको आलोचना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here