यी हुन् घाँटीको संक्रमण रोक्ने उपाय

212

एजेन्सी – गर्मी महिनामा हामीलाई धेरै तिर्खा लाग्छ । हामी धेरै चिसो पेय पदार्थ पिउने गर्छौं । यसले गर्दा हामीलाई यो समय घाँटीको समस्या हुने प्रवल सम्भवना हुन्छ ।

घाँटीमा संक्रमण हुँदा ज्वरो आउने, मांसपेशी दुख्ने, टाउको दुख्ने तथा आँखाबाट पानी आउने जस्ता समस्याहरु देखिन्छन् । यदि तपाई पनि यस्तै समस्यासँग जुझ्दै हुनुहुन्छ भने निम्न उपायहरु अपनाउनुहोस् ।

१. नुन पानीले कुल्ला गर्नुहोस्
नुन पानीले मुख कुल्ला गर्ने सबैभन्दा सजिलो र पुरानो विधि हो । नुनमा एन्टी ब्याक्टेरियल गुण हुन्छ । यसले संक्रमणलाई निको पार्दछ । तातो पानीमा थोरै नुन राखेर दिनमा कम्तिमा दुई देखि तीन पटकसम्म मुख कुल्ला गर्नुहोस् । यसले ब्याक्टेरिया भगाउँछ ।

२‍. दुध र बेसार

बेसारयुक्त दूधले घाँटीको संक्रमणलाई समाप्त गर्छ । यसले घाँटीमा चिलाउने, रुँघा लाग्ने तथा खोकीको उपचार गर्दछ । यसले सुनिने तथा दुख्ने समस्याको पनि समाधान गर्दछ । आर्युवेदमा यसलाई एन्टीबायोटिक मानिन्छ ।

३. मह
घाँटीमा चिलाउने समस्या देखिन्छ भने तपाईले अदुवा र मह खान सक्नुहुन्छ । यसले घाँटी सुनिएको, दुखेको र चिलाउने जस्ता समस्याको समाधान गर्दछ । यसे खोकीको पनि उपचार गर्दछ ।

४. अन्जिर तथा खनिउको सेवन
४/५ ओटा अन्जिर एक ग्लास पानीमा राखेर उमाल्नु होस् । र पानी आधा भएपछि त्यसलाई छानेर तातै पिउनुहोस् । दिनमा दुई पटक अन्जिर पानी पिउँदा यसले समस्या समाधान गर्दछ ।

५. स्याउको रस सेवन गर्नुहोस्
तातो पानीमा स्याउको दुई चम्ची रस राखेर पिउनुहोस् । स्याउमा रहेको अम्लीय गुणले घाँटीमा रहेको ब्याक्टेरियालाई मार्दछ । साथै एक चम्ची नुन र अर्को एक चम्ची स्याउको रस मिसाएर मुख कुल्ला गर्नसक्नुहुन्छ । यसले संक्रमणको उपचार गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here