केरला कराते संघ, भारतको आयोजनामा भएको च्याम्पियनसिपको महिला ३५ बर्ष माथिको इभेन्टसमा नेपाली खेलाडी निता आचार्यले फिलिपिन्सकी इसेल बोनो अक्विनोलाई पराजित गर्दै स्वर्ण जित्न सफल भएकी हुन् ।
उनले २४.१४ अंक प्राप्त गरेकी थिइन् । उनकी प्रतिद्वन्द्धी अक्विनोले २३.८ अंक प्राप्त गरेकी थिइन् । यस्तै कराते खेलाडी तथा प्रशिक्षक रविन्द्र मानन्धर रजतमा चित्त बुझाउनु पर्याे । ३५–४५ बर्ष उमेर समूह ‘ए’ बाट फाइनल प्रवेश गरेका उनी स्पेनका खेलाडी जिसस कनसुयगरासँग पराजित हुँदै रजतमा चित्त बुझाउन बाध्य भए । जिससले २४.६४ अंक प्राप्त गर्दा मानन्धरले २४.३८ अंक प्राप्त गरेका थिए ।
विश्व कराते महासंघ र एशियाली कराते महासंघको नियममा खेलाइएको अनलाइन प्रतियाेगितामा ३५–४५, ४५–५५, ५५–६५ र कुबुदो गरि ४ विधामा प्रतिस्र्धा गराइएको थियो । प्रतियाेगितामा जापान, भारत, स्पेन, श्रीलंका, नेपाल, फिलिपिन्स, भियतनाम, भनेजुयला लगायतको राष्ट्रको सहभागिता रहेको थियो ।


















