संसारभर ७९ लाख बढी संक्रमित ! ४ लाख ३५ हजारभन्दा बढीको मृत्यु, ४१ लअख बढी निको

266
काठमाडौं –  कोरोना भाइरसको संक्रमणबाट संसारभर संक्रमित हुनेको संख्या ७९ लाख ८२ हजार ४९५ पुगेको छ । मृत्यु हुनेको संख्या ४ लाख  ३५ हजार १६६ पुगेको हो । संक्रमित  ४१ लाख ३ हजार ८९० जना उपचारपछि निको भएका छन् ।
यस भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा सोमबार बिहानसम्म १ लाख ८२ हजार ८६८ जनाको मृत्यु भएको छ । २२ लाख ५ हजार ८४८ जना संक्रमित भएकोमा ११ लाख ६७ हजार ६६६ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४४ हजार ९६६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २४ लाख ७९ हजार ५७३ पुगेको छ । त्यसमध्ये १० लाख ६९ हजार ८३८ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरुमा ४० हजार २४८ जनाको मृत्यु भएको छ । १६ लाख १७ हजार १८४ जना संक्रमित भएकोमा ९ लाख ९० हजार ४७४ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरुमा ६० हजार ४५७ जनाको मृत्यु भएको छ । १४ लाख २५ हजार ६९६ जना संक्रमित भएकोमा ७ लाख ५४ हजार ५९३ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरुमा ६ हजार ४८८ जनाको ज्यान गएको छ भने २ लाख ४४ हजार ५४२ संक्रमित छन् । संक्रमितमध्ये १ लाख १२ हजार २४२ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९३१ जना संक्रमित भएकोमा ८ हजार ४२६ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here