मन्त्रिपरिषद्को निर्णय : बैंक बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खाेल्नु पर्दैन

81
काठमाडौं – बैंकलाई बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खुला गर्न बाध्य नपारिने भएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नाममा सूचना जारी गर्दै मन्त्रिपरिषद्को निर्णय बमोजिम बिहानदेखि बेलुकीसम्मै बैंक खुला नगरी साविकको कार्यालय समयबमोजिम नै बैंक सञ्चालन गर्न सक्ने जनाएको हो । तर, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको धेरै भिडभाड हुने शाखाहरुका लागि दुई सिफ्टमा काम गर्ने वातावरण मिलाउने छुट भने दिएको छ ।

तर, बैंकहरुले आफ्नो बैंकमा आउने ग्राहकको लाइनमा दूरी कायम गर्नुपर्ने तथा अन्य आवश्यक स्वास्थ्य सुरक्षाको सतर्कताको व्यवस्था भने अनिवार्य रुपमा गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।  त्यस्तै, बैंकमा सकेसम्म भिडभाड हुन नदिन विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न निर्देशन समेत दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here