काठमाडौं – प्रतिनिधिसभाबाट पारित भइसकेको नेपालको नयाँ नक्शासहितको निशान छापसम्बन्धी संविधान संशोधन विधयेक आज राष्ट्रियसभाबाट पारित हुने भएको छ ।
आज राष्ट्रियसभामा मतदान भई पारित भएपछि राष्ट्रपतिकोमा स्वीकृतिका लागि जानेछ । राष्ट्रियसभाबाट पारित गरी राष्ट्रपतिले स्वीकृत गरेपछि लालमोहर लागी निशान छापले औपचारिकता पाउनेछ ।
कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भुभाग समेटेर नेपालले नयाँ नक्शा जारी गरेको थियो । यसप्रति भारत असन्तुष्ट रहँदै आएको छ ।

















