नेपालमा कोरोना संक्रमितको संख्या ७८४८ पुग्यो

74

काठमाडौं – नेपालमा थप ६७१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित ७८४८ पुगेको छ । यस्तै २४ घण्टामा २ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनुभयो ।

संक्रमितमा ८० महिला र ५९१ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ । निको भएको ११८६ पुगेको छ ।

संक्रमितमा भक्तपुर,डडलधुरा, कैलाली, कपिलबस्तु, काठमाडौं, नुवाकोट, रौतहट, रुपन्देही, सर्लाही, सिन्धुपाल्चोक, ललितपुर र महोत्तरी, सिन्धुली, पर्वत, चितवन, धनुषा, बागलुङ, मनाङ, नवलपरासी पूर्व, स्यांजालगायतका जिल्लाका रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा कूल संक्रमितको संख्या ७,८४८ पुगेको छ ।

यस्तै बिहीबारसम्म ११८६ जनाले कोरोना जितेको पनि मन्त्रालयले जानकारी दिएको छ । यस्तै मृतकको संख्या २२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here