जनताकाे दश अर्ब कहाँ गयो ? भन्ने प्रश्नकाे प्रमको जवाफ : ‘कामका लागि तल पठाईयो’ (भिडिओसहित)

147

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा खर्च भएको दश अर्ब कहाँ गयो ? भन्नेहरुलाई जवाफ दिएका छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने-‘उछाल्नेहरुलाई त उछाल्न सजिलो छ दश अर्ब कहाँ गयो भनेर ? खोई दश अर्ब भनेर ? अब यहाँ दश अर्ब कताबाट देखाईदिने, दश यहाँ छ भनेर । दश अर्ब त तल पठाईयो यही कामका लागि । महिनौंदेखि मान्छेहरु खटेका छन् । क्वारेन्टिन निर्माण गरेका छन् । क्वारेन्टिमा बस्नेहरुलाई खुवाएका छन् । क्वारेन्टिनको बन्दोबस्दो गर्नेहरुलाई, उनीहरुले पनि खानुपर्ला, ती प्रवन्धहरु गर्नुपर्ला । अनि जनप्रतिनिधिहरुले पैसा खाए भन्दिन सजिलो छ । बहुतै दुःखका साथ, कष्टका साथ, जनप्रतिनिधिहरु काम गरिराखेका छन् । त्यसमा गुण मान्नु त्यो छैन् । अनि गुण मान्नको सट्टा, त्यसको प्रशंसा गर्नको सट्टा, त्यसको कदर गर्नको सट्टा, अपमान गर्नु, सन्देह पैदा गर्नु, हतोत्साही गर्नु, किन्चित उपयुक्त हुँदैन् ।’

प्रधानमन्त्री ओलीले दश अर्ब, दश अर्ब भन्ने हल्ला चलेको उल्लेख गर्दै दश अर्बभन्दा केही विभिन्न निकायमा खर्चको लागि पठाईएको सुनाए । उनले भने,’त्यसको मसिनोगरि हिसाबकिताब आलेप, मलेप हुन्छन् । ती कुरा गरिमामय संसदमा वार्षिक प्रतिवेदनको रुपमा आउँछन् । रुजु, बेरुजुता, अनियमितता, यी सबै कुराहरु आउँछन् । हरेक व्यक्तिलाई हरेक दिनका देशभरि भएका खर्च, मान्छे काममा लागेका छन् । यहाँ कसैलाई खर्चको हिसाब चाहियाछ, काममा ध्यान छैन् ।’ तस्विर स्रोत : राष्ट्रियसभा सचिवालय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here