आज ४८ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २६९८

62

काठमाडौं –  पछिल्लो २४ घण्टामा देशभरबाट ४८ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। तीमध्ये ८ महिला र ४० जना पुरुष छन्।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट  मोरङका एक महिला र १९ पुरुष, जलेश्वर अस्पताल महोत्तरीबाट एक महिला र दुई पुरुष, कोभिड १९ यूनिफाईड कमाण्ड अस्पताल बलम्बुबाट सोलुखुम्बु,बारा र रौतहटका एक÷एक जना पुरुष र पाटन अस्पतालबाट काठमाडौंका २ महिला  र रामेछापका एक पुरुष संक्रमण मुक्त भएका छन्।

त्यसैगरि, महिला विकास कार्यालय, तम्घास गुल्मीबाछ एक महिला र १२ पुरुष, महेन्द्र मावि तम्घास गुल्मीबाट एक महिला र ३ पुरुष निको भएर डिस्चार्ज भएका छन्।

देशभरबाट हालसम्म २ हजार ६९८ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला २२४ र २ हजार २७४ जना पुरुष रहेका छन्।

नेपाल पछिल्लो २४ घण्टामा ५९३ कोरोना संक्रमित थप भएका छन्। योसँगै कूल संक्रमितको संख्या ११ हजार ७सय ५५ पुगेको छ। जसमध्ये २७ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here