काठमाडौं – आज बसेको नेकपा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिए । तर उपस्थित भएको केही बेरमै उनी बाहिरिए ।
शुक्रबारको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित हुँदा चर्को आलोचना भएको थियो । आज शनिबार करिब साढे ११ बजे सुरु भएको बैठकमा प्रधानमन्त्री १२ नबज्दै बैठकबाट बाहिरिएको जनाइएको छ ।
अर्का अध्यक्ष प्रचण्डले बैठकको अध्यक्षता गरिरहेको हुनाले आफू उपस्थितहुनु जरुरी नभएको र प्रधानमन्त्री भएकाले अरु पनि काम भएको जानकारी प्राधानमन्त्री ओलीले दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
बैठक बुधबारदेखि बालुवाटारमा सुरु भएको हो ।


















