काठमाडाैं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक आज शनिबार बिहन ११ बजे बस्ने भएको छ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको शुक्रबार जारी स्थायी समिति बैठकमा नेताहरुले बैठकमा ‘अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओली पटकपटक बैठकमा किन अनुपस्थित हुनुभएको रु भनेर प्रश्न गरेका छन् ।
बैठकमा यस्तो आक्रोश व्यक्त भए पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने महासचिव विष्णु पौडेलमार्फत प्रधानमन्त्री बैठकमा सहभागी हुन नसक्ने सन्देश पठाएको जानकारी दिएको जनाए ।
बैठक सुरु हुनेवित्तिकै स्थायी समिति सदस्यहरुले ‘प्रधानमन्त्री खै रु किन बैठकमा आउनुभएन रु एउटा जिम्मेवार र देश चलाउने नेताको तरिका यही हो रु’ भन्दै प्रश्न गरेका थिए । बैठकमा बसेर जसले नेताहरुको कुरा सुन्नुपर्ने उही नभएपछि उनीहरुले आक्रोशित हुँदै भनेका थिए, ‘पार्टी नेताका कुरै नसुन्ने, बैठकमा पनि नआउने, पछि जे मनलाग्यो त्यही निर्णय गर्ने र त्यो निर्णयमा आलोचना गरियो भने सरकारको विरोध भयो भन्ने रु’ सदस्यहरुको आक्रोश थियो ।
उनीहरुले प्रधानमन्त्री बैठकमा नआउने भए बालुवाटारको बैठक धुम्बाराहीमा गर्न मागसमेत गरेका थिए ।
प्रधानमन्त्री अरू नै काममा व्यस्त हुनुपर्ने भएकाले बैठकमा उपस्थिति हुन नसक्ने सन्देश महासचिवमार्फत जानकारी आयो, श्रेष्ठको भनाइ थियो । ‘समय मिले आउँछु भन्ने सन्देशसमेत पठाएको भए पनि आउनुभएन,’ प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीमाझ भने ।
बुधबार मात्रै अमेरिकी विदेशमन्त्री माइक पम्पेओबीच भएको कुराकानीबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शुक्रबारको बैठकमा एमसीसीका बारेमा नेताहरुले चासो राखेका थिए । त्यसक्रममा भएको के हो रु भन्ने जवाफ खोजेका थिए ।
‘परराष्ट्रमन्त्रीज्यूले अमेरिकी विदेशमन्त्रीसँग के कुरा गर्नुभयो रु नेकपाको बैठक बसिरहेका बेला सकारात्मक कुरा गर्नुपर्नेमा किन हस्तक्षेप भयो रु भन्ने नेताहरुको प्रश्नमा परराष्ट्रमन्त्री ज्ञवालीले उताबाट नै फलो गरेकाले संवाद गरेको जवाफ दिएका थिए ।
नेताहरुले बैठक बस्ने दिनमै अमेरिकी विदेशमन्त्रीसँग कुरा हुनुलाई हस्तक्षेपका रूपमा बुझेको बताएका थिए । तर मन्त्री ज्ञवालीले स्वास्थ्यसँग सम्बन्धित कुराकानी मात्रै भएको र अन्यथा नलिन आग्रह गरेका थिए ।
नेताहरुबीच २० मिनेटसम्म एमसीसी लगायतका विषयमा अनौपचारिक सवाल जवाफ चलेको थियो । त्यसपछि मात्रै बैठक औपचारिक एजेन्डामा प्रवेश गरेको थियो । बैठकमा तय भएको सीमा समस्यामा १८ जना सदस्यहरुले आआफ्नो धारणा राखेका थिए । स्थायी समिति सदस्य तथा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको भारत र चीनसँग सम्बन्धित सीमा विवादका विषयमा आफ्नो धारणा राखेका थिए।
मन्त्री ज्ञवालीले भारतलाई वार्ताका लागि पटक-पटक आग्रह गरे पनि सकारात्मक नदेखिएको जानकारी गराएका थिए।
उनले सीमा विवादका विषयमा अहिलेसम्म भएको विकासक्रमका विषयमा जानकारी गराएका थिए। अतिक्रमित भूमि फिर्ता गर्ने सवालमा भारतसँग पहल गरिरहेको जानकारी बैठकलाई गराएको प्रवक्ता श्रेष्ठले जानकारी लिए।
बैठकमा भएको छलफलको विषय जानकारी गराउँदै प्रवक्ता श्रेष्ठले भने, ‘भारतले अहिलेसम्म वार्ताका लागि सकारात्मक भएको छैन। हामी आशा गर्छौं भारत वार्ताका लागि तयार हुनेछ। कूटनीतिक माध्यमबाटै समस्याको समाधान गर्ने विषयमा टुंगोमा पुगिने मन्त्री ज्ञवालीले बताउनु भएको थियो ।’
मन्त्री ज्ञवालीले केही सञ्चारमाध्यमले चीनद्वारा पनि नेपाली भूमि अतिक्रमण भएको भन्दै प्रचार गरिएको विषयमा पनि बैठकलाई जानकारी गराएका थिए। चीनले पनि नेपाली भूमि मिचेको भनेर समाचार आएको भन्दै त्यो झुठो र भ्रामक प्रचार भएको भनेर जानकारी गराएका थिए।
त्यस्तै स्थायी समिति सदस्यहरू लिलामणि पोखरेल, मातृका यादव, देव गुरुङ, गोकर्ण विष्ट, छविलाल विक, अमृत बोहोरा, पम्फा भुसाल, शंकर पोखरेल, वेदुराम भुसाल, रघुविर महासेठ, भिम रावल, मुकुन्द न्यौपाने, भिम आचार्य, अष्टलक्ष्मी शाक्य, गणेश शाह, केशव बडाल र नारायणकाजी श्रेष्ठले आफ्नो विचार राखेका थिए ।
बैठकमा नेताहरूले अतिक्रमित भू-भागका विषयमा भए गरेको कामलाई तार्किक निष्कर्षमा पुर्याउन सरकारलाई सुझाव दिएका छन्। त्यसमा अझै एकताबद्ध ढंगले अगाडि बढ्नुपर्छ भन्नेमा जोड दिएका थिए।
लिम्पियाधुरा, कालापानी, लिपूलेक तथा सुस्तालगायत मिचिएका भूमि फिर्ता ल्याउने विषयमा सरकारले पहल गरोस् भन्नेमा जोड दिइएको प्रवक्ता श्रेष्ठले बताए।

















