नेपाली कथानक चलचित्र अब नयाँ एपमा

363

काठमाडौं – अभिनेत्री ऋचा शर्माले विदेशमा रहेका नेपालीलाई एपमार्फत नेपाली चलचित्र हेर्न सजिलो होस् भनेर बुधबारबाट नयाँ एप्स ल्याएकी छन् । उनले ‘चलचित्र टिभी’ नाम दिइएको एप्स बुधबारबाट सार्वजनिक गरेकी हुन् । अब यो एपलाई डाउनलोड गरेर यसमा आफ्नो एकाउन्टमार्फत केही रकम तिरेर यो एप्समा नयाँ नेपाली फिल्म हेर्न पाइने ऋचाले बताएकी छन् ।

अहिले कोरोना भाइरसका कारण विश्व फिल्म नै धराशायी भएको छ । विगतमा विदेशमा नेपाली फिल्म पनि प्रदर्शन गरिन्थ्यो । तर, अहिले त्यो सम्भव नभएकाले नेपाली चलचित्रका निर्माताहरूलाई आफ्नो सिनेमा विदेशमा रहेका दर्शकमाझ पु¥याउन सजिलो होस् भनेर यो एप सञ्चालनमा ल्याएको ऋचाले बताएकी छन् ।

यो अवस्था कहिलेसम्म रहन्छ भन्ने टुंगो नभएकाले नेपाली फिल्म रिलिज गर्ने अरू विकल्प नभएकाले यो एपले नेपाली सिनेमा र दर्शकले जोड्ने विश्वास पनि ऋचाको छ ।

अमेरिकामा बस्ने केही साथीहरूसँग मिलेर ऋचाले यो एप सार्वजनिक गर्न लागेकी हुन् । केही दिनपछि मात्र एनड्रोइड मोबाइलमा डाउनलोड गर्न सकिने यो एपमा नयाँ तथा पुराना नेपाली फिल्महरू हेर्न पाइनेछ ।

उनले यो एपमा दीपकराज गिरीको दुईवटा फिल्म छक्कापञ्जा ३ र ६ माया छपक्कैलाई १० लाख रुपैयाँ हालेर किनेकी छन् । ती दुई फिल्मलाई आफूले ‘चलचित्र टिभी’ एपका लागि बिक्री गरेको र फिल्म देखाएबापत आफूहरूलाई अरू केही प्रतिशत रकम पनि आउने निर्माता अभिनेता दीपकराज गिरीले बताए । युट्युबमा रिलिज गर्नुअघि यस्ता एप्स निर्माताका लागि फिल्म रिलिज गर्न उपयोगी हुने पनि गिरीको कथन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here