कोभिड–१९ ले निम्त्याएको हस्तकला ब्यापारमा संकट

117

– राज्यलक्ष्मी शाक्य

कोभिड १९  महामारीपछि हस्तकलाको व्यावसायिक वातावरणमा परेको असरलाई कम गर्न साझा रणनीति तयार गर्ने बारे छलफल गरेको छ । संघले भर्चुअल सेमिनार गरी महामारीका कारण हस्तकलाको ब्यापारमा आएका समस्याहरूलाई पन्छाउँदै निर्यात ब्यापार प्रवर्द्धनका लागि के गर्न सकिन्छ भन्ने बारे सरोकारवालाहरूसँग छलफल गरेको जनाएको छ । संघकी अध्यक्ष मिरा भट्टराइले हस्तकला उद्यमीलाई परिवर्तित सन्दर्भमा व्यापार कसरी टिकाउने र आइपर्ने समस्या झेल्दै व्यवसाय प्रवद्र्धन गर्न के कस्ता साझा रणनीति अबलम्बन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको जानकारी दिइन् । उक्त कार्यक्रममा श्रोत व्यक्तिका रूपमा व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका कार्यकारी उपनिर्देशक सुयश खनाल र गेट पेपर इन्डस्ट्रिजका प्रबन्ध निर्देशक डा. मिलन देव भट्टराईले अवधारणा प्रस्तुत गरेका थिए । सहजकर्ताको भूमिकामा रहेका  संघका सल्लाहकार पञ्चरत्न शाक्यले सेमिनारको औचित्यबारे प्रकाश पार्दै कार्यक्रम सहजीकरण गरेका थिए ।

कार्यक्रममा नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले हस्तकलाको व्यापारलाई पारिरहेको प्रभावका बारेमा छलफल गर्नु अत्यावश्यक भैसकेको बताए । उनले आगामी दिनमा जिल्ला संघहरूसित सहकार्य गर्ने समेत बताए । व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका कार्यकारी उपनिर्देशक सुयश खनालले नेपालको  पर्यटन क्षेत्रमा परेको प्रभाव र निर्यात आएको गिरावटको कारणले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर १. ८ प्रतिशतमा सीमित हुने अनुमान गरिएको बताए । निर्यात प्रवद्र्धनसम्बन्धी नीतिमा नेपाल सरकारले जोड दिएर निर्यात गृहको स्थापना, व्यापार प्रवद्र्धनका लागि मास्टर प्लानको निर्माण र ट्रेडमार्क प्रणालीको विकास गर्दै लैजाने योजना बनाएको उनको भनाई छ ।

केन्द्रले पनि विभिन्न योजना र कार्यक्रम तयार गरी बजारीकरण र सीपमा आधारित तालिम, निर्यात गृहको अवधारणा कार्यान्वयन, क्यास इन्सेन्टिभ सम्बन्धमा सहजीकरण गर्ने र निर्यात मैत्री सुझाव सरकारलाई दिइरहेको उपनिर्देशक खनालले जानकारी दिए । उनले व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र निर्यात केन्द्र हस्तकला व्यवसायीको समस्याहरूको समाधानका लागि समन्वयकारी भूमिका खेल्न तयार रहेको जनाए । गेट पेपर इन्डस्टिजका प्रबन्ध निर्देशक डा. मिलन देव भट्टराईले कोभिडको महामारी पश्चात् उद्योग, व्यवसाय सञ्चालनमा आएपछि सामना गर्नुपर्ने विभिन्न चुनौतीमाथि विश्लेषण गर्दै  कोभिडको अवधिभर काम गर्ने ठाउँमा स्वास्थ्य र सुरक्षाका उपायहरूको अवलम्बन गर्दै कामदार, कर्मचारी, बिक्री कक्ष र त्यहाँ आउने ग्राहकहरूलाई समेत कसरी सुरक्षित गर्ने भन्ने चुनौती थपिएको बताए । उनले लागत वृद्धिका कारक तत्वहरूको उल्लेख गर्दै आपूर्ति शृंखलाबाट पर्ने प्रभाव, नेपाली उत्पादनको स्थानीय र विदेशी बजारमा आउने मागको गिरावटलाई विश्लेषण गरेका थिए ।

विभिन्न कठिनाइ र समस्याको सामना गर्न नसकेर कतिपय उद्योग व्यवसाय नै बन्द हुने सम्भावना भएको कुरा उल्लेख गर्दै त्यससित जुध्न अपनाउनुपर्ने विभिन्न रणनीतिहरूका बारेमा पनि उनले सुझाव दिए । संगठित संस्थाहरूले एक्लैभन्दा पनि सामूहिक रूपमा सरकारलाई घच्घच्याउनु जरुरी भएको उनको भनाई छ । अहिलेको परिवर्तित वातावरणको सन्दर्भमा डिजाइनलाई फरक ढंगले प्रस्तुत गर्दै सामाजिक सञ्जालको प्रयोगका साथै अनलाईन व्यापारको प्रणालीलाई महत्वका साथ कार्यान्वयन गर्ने तर्फ ध्यान दिन उनले आग्रह गरे । सहभागीहरूले उक्त विषयमा सरकारसित बलियो रूपमा वकालत गर्नुपर्ने सुझावका साथै  हस्तकलाका वर्तमान समस्यामा केन्द्रित भएर कार्यक्रमहरूको आयोजना गर्नुपर्ने बताएका थिए ।

महासंघका पूर्व अध्यक्ष एवं संघका सल्लाहकार तथा कार्यक्रमका सहजकर्ता पञ्चरत्न शाक्यले पर्यटन क्षेत्रमा परेको प्रभाव र निर्यातमा आएको गिरावटको कारणले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर १. ८ प्रतिशतमा सीमित हुने अनुमान गरेको र निर्यात प्रवर्द्धन सम्बन्धी नीतिमा नेपाल सरकारले जोड दिए जस्तै निर्यात गृहको स्थापना, व्यापार प्रवद्र्धनका लागि मास्टर प्लानको निर्माण र ट्डमार्क प्रणालीको विकास आदि विषयमा सरकारले केही कदम चाल्न खोजेको जानकारी दिए । सोही आधारमा टिइपिसीले विभिन्न योजना र कार्यक्रम तयार गरेको उनले जानकारी दिए । बजारीकरण र सीपमा आधारित तालिम, निर्यात गृहको अवधारणा कार्यान्वयन, नगद अनुदान सम्बन्धमा सरल र सहजीकरण बनाउने र निर्यात मैत्री सुझाव वाणिज्य मन्त्रालयलाई सुझाव दिइरहेको जानकारी दिए । विदेशी आयातकर्ताहरूको माग पूरागर्न बलियो क्षमताको विकास गर्नुपर्ने आवश्यकता उनले औल्याए । सरकारी निकायलाई हस्तकलाका सामान आपूर्ति गर्ने, नगद अनुदानसम्बन्धी सुविधा, निर्यात गृहको कायान्वयन र सरकारी निकायबाट हस्तकला उद्यमीले लिन सक्ने फाइदाका बारेमा झन्झटिलो प्रक्रिया पूरा गनुपर्ने जस्ता धेरै मुद्दाहरू  भर्चुअल सेमिनारका सहभागीले उठाएका थिए । छलफलमा नेपाल हस्तकला महासंघ, महिला उद्यमी महासंघ, स्वच्छ व्यवसायी समूह नेपाल नेपाल निर्यात परिषद्का साथै आयोजक संघका प्रतिनिधि एवं सदस्यहरूको सहभागिता रहेको थियो । – [email protected]

-जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here