अध्यक्ष विष्टको भनाइलाई आधार मान्दा सुरुवातका दिनमा कोभिड–१९ सङ्क्रमण माछा, मासुसँग जोडियो । पोल्ट्री उत्पादन, दानाको कच्चा पदार्थको अभावसँगै मूल्यमा वृद्धि र ढुवानीको समस्याले पिरोलियो । उत्पादन एक ठाउँबाट अर्को ठाउँमा लैजानसक्ने वातावरण बनेन । समस्या र अभाव झेल्न नसकेका कारण किसानले माउ कुखुरासमेत बिक्री गरे । त्यही कारण यतिबेला उत्पादनमा कमी आएको छ ।
पछिल्लो समयमा रोग प्रतिरोध शक्तिका लागि प्रोटिनको आवश्यकता पर्छ भन्ने भयो । त्यसपछि अण्डा र मासुको खपतमा केही सुधार सुरु भएको उनको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

















