जनतालाई चर्को ब्याज असुल्ने वित्तीय संस्थालाई नेकपाले कारबाही गर्ने

87

नेकपा रूपन्देहीका इन्चार्ज सङ्गमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सुलभ ब्याजदरमा ऋण दिएर जीवन उकास्ने झूट्टा नारा दिएर लघुवित्त एवम् सहकारी संस्थाहरूले सूदखोरी शैलीमा चक्रवृत्ति ब्याजसहित नगद असुलेको, मिटरब्याजीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कोरोना सङ्कटको बेलासमेत यस्तो गलत क्रियाकलाप गर्ने वित्तीय संस्थाहरूलाई पार्टीले कारबाही गर्ने जनाएका हुन् ।

नेकपा रूपन्देही जिल्लामा सुलभ ब्याजदरमा ऋण उपलब्ध गराई जीवनस्तर उकास्ने झूट्टा नारा दिएर खडा गरिएका केही लघुवित्त संस्थाहरूले सूदखोरी शैलीमा चक्रवृत्ति ब्याज लगाएर नगद असुल्ने र घरसम्पत्तिसमेत कब्जा गरी जनतालाई दुःख दिइरहेकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

इन्चार्ज सङ्गमले विज्ञप्तिमा जनविरोधी क्रियाकलाप तत्काल बन्द गर्न सम्बन्धित सरोकारवालालाई अपिल गर्दै भनेका छन्, ‘दलाल राज्यसत्ताको गलत नीति र कोरोना सङ्कटका कारण जनताको अवस्था भयावह भइरहेको बेला सूदखोरी शैलीमा चक्रवृत्ति ब्याज लगाएर नगद असुल्ने, घरसम्पत्ति कब्जा गर्ने र मिटरब्याजी धन्दा चलाएर श्रमिक जनतालाई चरम शोषण गरिएको छ । हामी उक्त गलत कार्य तत्काल बन्द गर्न सम्बन्धित सरोकारवालालाई अपिल गर्दछौँ । उक्त जनविरोधी क्रियाकलाप तत्काल नरोके कडा कारबाही गर्ने र त्यसबाट उत्पन्न हुने गम्भीर परिस्थितिको परिणाम सम्बन्धित पक्ष नै हुने कुरासमेत यसै विज्ञप्तिमार्फत जानकारी गराउँछौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here