यसकारण सपनामा सर्प देखेमा सावधान …

927
प्राय गरेर रात परेपछि निदाएका आँखाले धेरै प्रकारका चीजहरु देख्छौ जसलाई सपना भनिन्छ । रातमा देख्ने सपना कतै न कतै हाम्रो जीवनसँग जोडिएका पनि हुन्छन् । जसले जीवनमा हुने दुर्घटनाको अग्रिम सुचना दिन्छ । कोही मानिसले सपनामा बारम्बार सर्प देख्छन् र डराउछन् । आउनुहोस् आज सपनामा देखिने सर्पको परिणाम बारे चर्चा गरौ ।

  • सपनामा सेतो रंगको सर्प देखेमा आर्थिक लाभ हुनेछ ।
  • यदि सर्प सपनामा धेरै देख्नुको कारण कुन्डलीमा नै दोष पनि हुनसक्छ । त्यसैले पितृदोष वा कालसर्प दोष निवारण गर्नु आवश्यक हुन्छ ।
  • यदि सपनामा सर्प हावामा उडेको देखेमा अशुभ संकेत हो । यसले तपाइँलाई आर्थिक र शारीरीक कष्ट हुने संकेत गर्छ ।
  • सपनामा सर्पले आफुलाई लखेटेको देखेमा निकै अशुभ संकेत मानिन्छ । यस्ले ठुलो आपत्ति आउने संकेत गर्छ ।
  • सर्पले सपनामा टोकेमा तपाइँलाई भविष्यमा हुने अवांछनीय घटनामा सावधान रहनु संकेत गर्दछ ।
  • सपनामा रातो रंगको सर्प देखे वास्तविक जीवनमा गरीरहेको काम रोक्नु भन्ने संकेत गर्छ ।
  • हरियो रंगको सर्प देखे सहि मार्गमा हिडिराखेका छौ र निरन्तरता दिनु भन्ने सन्देश दिन्छ ।
  • पहेलो रंगको सर्प देखेमा वास्तविक जीवनमा कार्य गर्दा सर्तकता साथ अघि बढ्न संकेत गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here