देशभर मनसुनी वायुको प्रभाव

88

काठमाडाैं – जल तथा मौसम विज्ञान विभागले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । पूर्वानुमानका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्यून चापीय रेखा नेपालको तराई भूभाग देखि केही दक्षिण तिर अवस्थित छ।

यसैगरी, हाल देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जारी पूर्वानुमानमा जानकारी दिइएको छ ।

यसैगरी, शनिबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको हुनसक्ने सम्भावना रहेको छ । भने, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक÷दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ । यस्तै, राति देशभर सामान्य देखी पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक÷दुई स्थानहरुमा भारी वर्षा हुन सक्ने मौसम विभागको पूर्वानुमानमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here