कोरोना संक्रमित ५७ जना थपिए

64
काठमाडौं – पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ३ हजार ३३१ जनाको पीसीआर गरिएकोमा ५७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा थप ५७ जनामा कोरोना पुष्टि भएको छ ।  शनिबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिदै  कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ रहेको छ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ६३७ पुगेको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here