काेभिड १९ काे परीक्षण सिंहदरमा सफाइ कर्मचारीमा पनि गर्ने

183

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च स्तरीय टोलीले सिंहदरबारभित्रका सफाइ कर्मचारीमा कोरोना संक्रमण पत्ता लगाउन परीक्षण गर्ने निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । टोलीले विदेशबाट आएका, कोरोना पोजेटिभ व्यक्तिको सम्पर्कमा आएका, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवाकर्मीहरुको पनि चिकित्सकको सल्लाह बमोजिम कोरोना परीक्षण गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रालयले विदेशबाट हवाई मार्ग हुँदै नेपाल फर्किनेलाई ५ दिन होल्डिङ सेन्टरमा राखेर परीक्षण गरी स्थानीय तहमा पठाउने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्थल मार्गबाट आउनेहरुलाई पनि परीक्षण गरेर मात्र स्थानीय तहमा पठाइनेछ । स्थानीय तहले विदेशबाट फर्किनेलाई क्वारेन्टिनमा राख्दै आएको छ ।

गत असारमा विदेशबाट उद्धार गरिएका धेरै नेपालीलाई होल्डिङ सेन्टरमा केही बेर राखेर मात्र स्थानीय तह पठाउने गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here