लकडाउन खुले पनि यी नियमको पालना गर्न राष्ट्रपतिको आग्रह

84

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी (लकडाउन) सरल गरेको भएपनि कोरोनाको महामारीको जोखिम टरिनसकेकोले स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न गर्न आग्रह गरेकी छिन् । सरकारले मंगलबार राति १२ बजेबाट लकडाउन हटेको जनाएको थियो । त्यसको भोलिपल्ट आज सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपति भण्डारीले आम जनतालाई स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न आग्रह गरेकी हुन् ।

हेरौं उनको ट्विट :

जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि कोरोना महामारीको जोखिम टरिसकेको छैन । तसर्थ स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here