काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपको उपाधि चुमेको छ । शुक्रबार राति इटियेनमाथि १–० गोलले पराजित गर्दै पीएसजीले फ्रेन्च कपको उपाधि हासिल गरेकाे छ ।
पीएसजीको जितमा नेयमारले खेलको १४ औं मिनेटमा विजयी गोल गरेका थिए । ३१ औं मिनेटमा लोईन पेरिन रातो कार्ड खादै मैदान बाहिरिएपछि इटियेन १० खेलाडीमा सिमित बनेको थियो ।
खेलमा एम्बाप्पेमाथि ट्याकल गरेपछि उनले चोट बोकेका थिए भने उनी आँशु झार्दै मैदान बाहिरीएका थिए ।