स्वास्थ्य सामग्रीमा भएकाे भ्रष्टाचारमा छानबिन गर्न उजुरी

99
काठमाडौं – इनफ इज इनफका अभियन्ताहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् । स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल तथा मन्त्रालयका सचिब, लगायतको सम्पत्ति छानबिन र भ्रष्टाचार आयोगमा उजुरी गरेका हुन् । उनिहरुले छानबिन गरि कारबाही गर्न माग गरेका छन्।

अभियन्ताहरुले कोभिड १९ को महामारीमा गरिएका खरिद तथा खर्चहरुमा भएको भ्रष्टाचार र सम्बन्धित पदाधिकारीहरु उपर छानबिनको लागि उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा सरकारले महामारीको लागि जनताको हितका लागि भन्लै छुट्याएको बजेट बारे अहिले सम्म कुनै रिपोर्ट प्राप्त नभएको भन्दै बजेटको सदुपयोग वास्तविकतामा नै प्रश्न चिह्न उठेको उल्लेख गर्दै समन्धित पदाधिकारीहरुमाथि छानबिन हुनुपर्ने माग राखेका हुन् ।

बजेटमाथि अर्थमन्त्री युवराज खतिवडा, तथा अर्थ सचिव शीशिर कुमार ढुँगानाले अनुगमन नगरेको भन्दै उनीहरुले जै भ्रष्टाचारलाई प्रोत्साहन गरेको देखिएको उल्लेख गरिएको छ ।

सरकारले विश्वभर महामारीको रुपमा फैलिएको कोरानो भाइरस संक्रमण परीक्षणमा नभएको भन्दै अभियान सञ्चालन गरेका अभियान्ताले सरकारले पीसीआर परीक्षणमा खेलाँची गरेको आरोप लगाउदैँ आएका छन् ।

यसअघि अभियन्ताहरुले महामारीको समयमा स्वास्थ्य साम्रगी खरिदमा भएको भ्रष्टा्रचारको छानबिन गर्न माग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here