हवाई यातायातको भाडा बढाएको भन्दै विरोध

36

काठमाडौं । दशैंका बेला हवाई यातायातको भाडा बढाएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरु विरोधमा उत्रिएका छन्। कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताहरुले धनगढी विमानस्थलमै गएर हवाई भाडावृद्धिको विरोधमा नाराबाजी गरेका छन्।

अरु नियमित समयमा ६ हजार रहेको काठमाडौं–धनगढी उडानको भाडा दशैंका बेला २० हजारसम्म पुर्‍याइएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन्। दशैंका बेला झन् छुट उपलब्ध गराएर सस्तो हुनुपर्ने भाडा हवाई यातायात व्यवसायीको मिलेमतोमा बढाएर कालोबजारी गर्ने काम भएको कांग्रेसका कार्यकर्ताको आरोप छ।

कांग्रेसका कार्यकर्ताले धनगढी विमानस्थलमा केही वायुसेवा कम्पनीविरुद्ध समेत नाराबाजी गरेका छन्।

काठमाडौंदेखि सबैभन्दा लामो रुट मानिएको धनगढीमा सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको उडान छैन। निजी कम्पनीले दशैंका बेला प्रतियात्रु १७ हजार रुपैयाँभन्दा बढी भाडा तोकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here