काेभिड १९ काे नियन्त्रण गर्न चमेरोको अध्ययन आवश्यक : विज्ञ

123

जारी महामारीको नियन्त्रण र रोकथामको विषयमा विज्ञद्वारा सुझाइएको विषयहरुमा राष्ट्रहरुले हेलचेक्राईँ गरेको समेत विज्ञहरुले जनाएका छन् । वैज्ञानिकहरु कोरोना भाइरसको अनुसन्धान सन् २००७ बाट गरिरहेका थिए । उनीहरुले कोरोना भाइरसले विश्वमा ठूलो असर पुर्याउने विषयमा जानकारी समेत दिएका थिए ।

भाइरसको उत्पत्ती हर्स ब्याटबाट भएको र यो टाइम बम रुपमा उजागर हुने समेत जानकारी दिएका थिए । उक्त भाइरसलाई कुनै प्रकारले उपक्षित गर्न नसकिने समेत बताउँदै आएका थिए । सने २००२ मा सार्स नामक भाइरसको उत्पत्ती भएको भएको थियो । केही समय पश्चात सो भाइरसको आफै पलायन भएर गएको विज्ञहरुले बताएका छन् । उक्त भाइरसको अर्को संस्करण १८ वर्षपछि कोरोना महामारीको रुपमा देखापरेको जनाएका छन् ।

केही वर्ष अगाडी नै सचेत गरिएको विषयमा विश्वले हेलचेकराई गरेको कारण मानव जातिलाई नै ठूलो क्षति भोग्नु परेको उनीहरुको भनाई छ । त्यसकारण पुनः चमेरो भाइरसको अध्ययनलाई निरन्तरता दिन आवश्यक रहेको ठहर गरेको छ । अध्ययनका लागी आर्थिक र निजी सहायताको जरुरी रहेको उनीहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here