देशका सिनेमा हलहरू सुनसान

270

काठमाडौं – सरकारले गत चैत्र ११ गतेदेखि नेपालभर लागू हुने गरी लकडाउन गर्‍यो । धेरै मान्छेको भीडभाड हुने स्थान भन्दै फिल्म हललाई चैत्र ६ बन्द गर्ने घोषणा गर्‍यो ।  लकडाउन खुले पनि फिल्म हल भने खुला गरिएको छैन । नेपालभर लागू गरिएको लकडाउन खुलेसँगै बजारमा चहलपहल बढेको छ । सार्वजनिक स्थलमा यात्रुहरुको चहलपहल बढेको छ ।

काठमाडौंमा भीडभाड बढेको छ तर सिनेमा हल भने सुनसान छन् । निर्माताहरु हल सञ्चालन गर्ने तयारीमा छन् । त्यसो त लकडाउन हुनु पहिले सिनेमा घरमा सेनिटाइजर र अन्य सुरक्षाका उपाय अपनाइएको थियो ।

सरकारले धेरै भेला हुने ठाउँ भन्दै सिनेमा हलहरु बन्द गरेपछि ती हल खुलेका छैनन् । सार्वजनिक सवारी, सडक तथा कार्यालयमा भिड बढिरहेको छ । व्यापार व्यवसाय पनि सामान्य भइसकेका छन् । तर, हल भने सरकारले अझै पनि बन्द गरेको छ ।

हल सञ्चालकहरुले सिनेमा हल खुलाउन पहल गरे पनि सरकारले यसबारेमा कदम चालेको छैन । लकडाउन खुलेपछि अरुतर्फ सामान्य बने पनि सिनेमा क्षेत्रमा भने अझै पनि लकडाउन गरिएको भन्दै सिनेकर्मीले गुनासो गर्न थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here