काठमाडौं – पछिल्लो २४ घन्टामा नेपालमा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। उपत्यकामा मात्र आज ८७ जना संक्रमित थपिएका छन् भने एकै दिन पाँच जनाकाे मृत्यु भएकाे जनाइएकाे छ ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३६० जना कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी गराएका छन् ।
आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ। यसका साथै २३३ जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन्।
नेपालमा हालसम्म १५ हजार ३ सय ८९ जना उपचारपछि निको भएका छन्।नेपालमा हालसम्म ६४ जना संक्रमितको मृत्यु भएको छ।
काेराेना भाइरसबाट हालसम्म मृत्यु भएकाहरूकाे विवरण यसप्रकार छ :
१. मोरङ जिल्ला रंगेली नगरपालिका ८ दरवेसाका ४५ वर्षीय पुरुषको २१ साउनमा मृत्यु । कोशी अञ्चल अस्पतालमा लगिएकोमा मृत्यु । २२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
२. मोरङ विराटनगरका ४५ वर्षीय पुरुषको २१ साउनमा मृत्यु । कोशी अस्पतालमा निधन । २२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
३. सर्लाही जिल्ला मलंगवा ८ की ६५ वर्षीया महिलाको २१ साउनमा सशस्त्र प्रहरी बल हलचोकस्थित अस्पतालमा निधन भएको । २२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
४. धनुषा मिथिला नगरापलिका लालगढकी ७२ वर्षीया महिलाको १७ साउनमा ओम अस्पतालमा निधन । १७ गते विहान दम, मधुमेह र उक्त रक्तचापको विरामी निमोनिया भएपछि अस्पताल भर्नाभएकी । २२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको
५. सप्तरीको रुपनी नगरपालिकाका ४२ वर्षीय पुरुषको २१ साउनमा मृत्यु । २२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको


















