काठमाडौं – इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले विद्यार्थीलाई लक्षित गर्दै ‘ई–लर्निङ’ नामक नयाँ प्याक सार्वजनिक गरेको छ । कोरोना भाइरसको महामारीका कारण पछिल्लो समय अनलाइन कक्षाले प्राथामिकता पाएको छ । शैक्षिक संस्थाले भिडियो कन्फ्रेन्सिङ र भिडियो ट्यूटोरियल जस्ता टूलहरुको प्रयोग गरी आफ्ना विद्यार्थीलाई अध्यापन गराइरहेका छन् । यस्तो अवस्थामा विद्यार्थी तथा शिक्षकलाई उच्च गतिको ब्याण्डविथ आवश्यक परिरहेको छ ।
‘फोकस मोड’ अन्तर्गत सुरक्षाका लागि ‘भाय सेक्योर’ प्रयोग गरिएको छ । जसको मद्दतले गेम, युट्यूव, फेसबुक लगायतका थुप्रै साइटलाई ब्लक गरी अनलाइन कक्षा सञ्चालन भइरहेको बेला पढाइमा ध्यान केन्द्रीत गर्न सकिने छ । यो प्याकेजमा समावेश गरिएको नेट टीभी सर्भिसमा २५० भन्दा बढी च्यानलका साथै ‘पज्’ र ‘प्ले’, क्याचअप टीभी, मूभी अन डिमाण्ड र मोबाइल एप जस्ता विशेषता समेत राखिएको कम्पनीले जनाएको छ । कम्पनीले यस प्याक मासिक १७ सय रुपैंयामा उपलब्ध हुनेछ ।


















