गीतकार उपाध्यायले गीत एकै दिन १७ विधामा विश्व रेकर्ड

167

काठमाडौं – नेपालका गीतकार डा. डीआर (धर्मराज) उपाध्यायले गीत संगीत र साहित्यबाट एकै दिन फरक १७ विधामा विश्व रेकर्ड बनाएका छन् ।

डा. उपाध्यायले अहिलेसम्म आफूले निकालेको १९ वटै गीतिसंग्रहकै फोटो राखेर राजधानी दैनिकको प्रथम पृष्ठमा विज्ञापन प्रकाशन गरे । त्यो विज्ञापन गीतिसंग्रहको व्यवसायका लागि नभएर विश्व रेकर्ड कायम गर्न उनले प्रकाशन गरेका रहेछन् । उनले आइतबार ग्रहण गरेका १७ वटा विश्व रेकर्डमा एउटा रेकर्ड भने एकैपटक सबैभन्दा बढी १९ वटा गीतिसंग्रहको विज्ञापन राष्ट्रिय दैनिकमा प्रकाशन गरेको विधामा रहेछ ।

डा। उपाध्यायले १२ अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराएर गत महिना मात्र गिजिन अफ वल्र्ड रेकर्ड राखेका राखेका थिए । त्यसअघि अरू १४ वटा विश्व रेकर्ड बताएका उनले आइतबार भने एकै दिन १७ फरक विधामा विश्व कीर्तिमानी कायम गरेका छन् । नेपालका लागि मात्र नभएर विश्वका लागि गीतकार डा। डीआर उपाध्यायले एउटा कीर्तिमानी कायम गरेका हुन् । यसरी उनले गीतसंगीत र साहित्यमा ३२ वटा वल्र्ड रेकर्ड नेपालको तर्फबाट बनाएका छन् ।

आइतबार राजधानीमा एक समारोहबीच सामाजिक दूरी कायम गर्दै डा. उपाध्यायलाई श्रम तथा रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले यी १७ वटा विधामा वल्र्ड रेकर्डको सर्टिफिकेट प्रदान गरेका छन् । कार्यक्रममा मन्त्री राय यादवले भने, ‘यसरी एकै दिन फरक १७ विधामा १० वटा विश्व रेकर्ड संस्थाबाट रेकर्ड कायम गर्दै सर्टिफिकेट ग्रहण गर्ने उपाध्याय विश्वकै पहिलो व्यक्ति हुन् । यो देशकै लागि गौरवको कुरा हो ।’

उनले यसपटक १७ वटा विधामा एउटा मात्र होइन, १० वटा फरकफरक विश्व रेकर्ड कम्पनीबाट वल्र्ड रेकर्ड कायम गरे । डा. उपाध्यायले अमेरिकन बुक अफ रेकर्ड, युरोपियन रेकर्ड बुक, द ब्रिटिस वल्र्ड रेकर्ड, वल्र्ड बुक अफ रेकर्ड युनाईटेड किङडम, एसियन वल्र्ड रेकर्ड, च्याम्पिएन बुक अफ वल्र्ड रेकर्ड, यूआरएफ वल्र्ड रेकर्ड, एस्क्युसिभ वल्र्ड रेकर्ड, एभरेस्ट वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम एसियन रेकर्डमा १७÷१७ विधामा एकसाथ वल्र्ड रेकर्ड बनाएका छन् । यी १० कम्पनीबाट उनले १ सय ७० वटा वल्र्ड रेकर्डको सर्टिफिकेट प्राप्त गरे ।

उनले नारी एवं पुरुषप्रति समर्पित भन्ने एक एक लाइनको फरक सामाजिक सन्देश प्रवाह गर्ने २ सय ८८ लाइनको गीतमा, एउटा शब्द केटा र एउटा शब्द केटीले गाएको शब्दशब्दको गीतमा, सांकेतिक भाषा ९साइन ल्यांग्वेज०मा गीतको भिडियोसँगै गीतको परिभाषित गराएर, अक्षरअक्षरको गीत एउटा अक्षर पुरुष र अर्को नारीको स्वरमा रेकर्ड गराए । यसरी फरक १०÷१० विश्व रेकर्ड बनाएका हुन् ।

यस्तै, संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा हिमाल शब्द धेरैपटक प्रयोग गरेर बनेको गीतबाट, एउटा गीतमा धेरै थरिका बोटबिरुवाको नाम प्रयोग गरिएको वातावरण गीतबाट, एउटा गीतमा धेरैपटक मुटु शब्द प्रयोग गरिएको स्वास्थ्य सम्बन्धी गीतबाट, हुलाक टिकटमा प्रकाशित विशिष्ट नेपाली व्यक्तिहरूको नाम र कामबारे बनाइएको गीतबाट, सगरमाथा हिमाल आरोहण गर्नेहरूकोे अत्यधिक नामबाट गीत तयार गरेर पनि वल्र्ड रेकर्ड राखेका छन् ।

यसैगरी, प्रकाशन भएका धेरै उपन्यासको नामबाट गीत बनाएर, एकै दिन १९ वटा सीडी एल्बम धेरै पोस्टबक्समा खसालेर, एउटै गीतको स्थायी र अन्तरा धेरै व्यक्तिले एकैपटक पढाएर आफ्नै शब्द रचनाको गीत र तस्बिरसहितको तीन÷दुईको सबैभन्दा धेरै प्रकारको फ्लेक्स पोस्टर प्रकाशनसहित एकसाथ सार्वजनिक गरेको यी विधामा वल्र्ड रेकर्ड बनाएका छन् ।
यसैगरी, संसारमा सबैभन्दा सानो आकार ९२ बाई २ इन्च०को गीति पुस्तक निकालेर, एउटै पुस्तकमा आठ वटा उपन्यास समावेश गरी बजारमा ल्याएर, एकै दिन १९ वटा गीतिसंग्रहको विज्ञापन प्रकाशन गरेर यी १७ विधामा फरक १० विश्व कीर्तीमानी कम्पनीबाट आइतबार वल्र्ड रेकर्ड राखेका हुन् ।

गीतकार संघ नेपालका अध्यक्ष चुडामणि गौतमले नेपालका लागि यो सुखद खबर भएको कार्यक्रममा जनाए ।  कीर्तिमानी गीतकार उपाध्यायले व्यक्तिभन्दा पनि नेपाली गीतसंगीतलाई विश्व बजारमा पु(याउँदै फरक वल्र्ड रेकर्डमार्फत नेपाल चिनाउन यस्ता रेकर्ड बनाएको जनाए ।  साेही  क्रममा डा. उपाध्ययको चार गीतिसंग्रह कर्तव्यबोध, धरोहर, सपनाको महल, हृदयको झंकार, संसारकै सानो गीति पुस्तक अनुभूतिको मझेरी पनि मन्त्री राय यादवले विमोचन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here