कालापानीबाट भारतीय फौज फिर्ता गर्ने कुरामा जोड दिऔं

183

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डा. भीम रावलले गौतम बुद्ध नेपालमा जन्मिएको तथ्यविपरित भारतीय विदेश मन्त्रीबाट दिईएको अभिव्यक्तिलाई विदेश मन्त्रालयले सच्याएको उल्लेख गर्दै अब लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट भारतीय फौज फिर्ता गर्ने र प्रवुद्ध व्यक्ति समूहको प्रतिवेदन अघि बढाउने कुरामा जोड दिनुपर्ने जनाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत रावलले लेखेका छन्,’गौतम बुद्ध नेपालमा जन्मनुभएको तथ्य विपरीत भारतीय विदेश सचिवबाट दिइएको अभिव्यक्तिलाई भारतीय विदेश मन्त्रालयले सच्याएको छ । अब लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्रबाट भारतीय फौंज फिर्ता गर्ने र प्रबुध्द व्यक्ति समूहको प्रतिवेदन अघि बढाउने कुरामा जोड दिनुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here