अभिनेता सञ्जय दत्तलाई फोक्सोकाे क्यान्सर

259

एजेन्सी – बलिउड अभिनेता सञ्जय दत्तको फोक्सोमा तेस्रो चरणको क्यान्सर भएको छ । केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि लिलावती अस्पताल भर्ना भएका उनको स्वास्थ्य परीक्षणमा फोक्सोमा क्यान्सर देखिएको छ ।

उनी, अब तत्कालै उपचारका लागि अमेरिका जानुपर्ने भएका छन् । भारतीय मिडियाका अनुसार, क्यान्सरको खबरले सञ्जय स्तब्ध बनेका छन् । उनले तेस्रो स्टेजको क्यान्सरको उपचारका लागि केही समय अस्पतालमा बिताउनुपर्नेछ । उनी, आफू निको हुनेमा आशावादी रहेकाे जनाइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here