आज च्याम्पियन्स लिगकाे सेमिफाइनलमा एथ्लेटिको म्याड्रिड र लाइपजिग खेल्दै

144
एजेन्सी – युरोपियन च्याम्पियन्स लिग अन्तर्गत आज राति सेमिफाइनलको दोस्रो खेल हुँदैछ । आज हुने सो खेलमा स्पेनिस क्लब एथ्लेटिको म्याड्रिड र जर्मन क्लब आरबी लाइपजिग आमने सामने हुँदैछन् ।

यी दुई स्पेनिस र जर्मन टोलीको यो नै पहिलो प्रतिस्पर्धात्मक खेल हुनेछ । लाइजिगले युरोपियन प्रतियोगितामा स्पेनिस प्रतिद्वन्द्वी पाएको पनि यो पहिलो पटक हो ।

अन्तिम १६ मा एथ्लेटिको म्याड्रिडले साबिक विजेता लिभरपुललाई पराजित गर्दै स्थान क्वाटरफाइनलमा स्थान बनाएको हो । त्यसैगरी लाइपजिग पनि साविक उपविजेतालाई टोटनह्याम हट्स्परलाई पराजित गर्दै क्वाटरफाइनलसम्म आइपुगेको हो ।

एथ्लेटिको म्याड्रिडले च्याम्पियन्स लिगको नकआउट चरणमा जर्मन प्रतिद्वन्द्वी विरुद्धका हरेक खेल जित्दै अर्को चरणको लागि छनौट भएको छ । यता, लाइजिगले भने यही सिजन नै च्याम्पियन्स लिगमा नकआउट चरणका खेलहरु खेल्दैछ ।

आजको यो खेल नेपाली समयअनुसार राति १२ः४५ बाट सुरु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here