रुसी स्वास्थ्यमन्त्रीले कोरोनाविरुद्ध आशंका निराधार रहेकाे खुलाशा

106

एजेन्सी–रुसले आफ्नो मुलुकमा बनाइएको कोरोनाविरुद्धको खोपका विषयमा अन्तर्राष्ट्रिय समुदायले गरेको आशंका निराधार रहेको बताएको छ।

रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले समाचार संस्था इन्टरफ्याक्ससँग भने, ‘हाम्रा विदेशी मित्रहरु खोपको प्रतिस्पर्धामा रुस अगाडि रहला भनेर डराइरहेका छन्, यो नितान्त निराधार हो।’

उनले रुसी खोपको पहिलो खेप आगामी दुई साताभित्र आउने र सबैभन्दा पहिला चिकित्सकहरुलाई दिइने जनाए ।

रुसले मंगलबार आफ्नो मुलुकमा निर्मित कोरोनाविरुद्धको खोपलाई स्वीकृति दिइएको घोषणा गरेको थियो। आगामी अक्टोबरमा देशभर खोप अभियान नै चलाउने रुसी अधिकारीहरुले जनाइसकेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खोपका विषयमा समीक्षा गर्न रुसी अधिकारीहरुसँग सम्पर्कमा रहेको जनाएको छ। डब्लुएचओले यसअघि विश्वभर निर्माणको चरणमा रहेका ६ वटा खोपको निगरानी गरिरहेको थियो । ती खोपको सूचीमा रुसको खोप भने थिएन।

जर्मनीका स्वास्थ्यमन्त्री जेन्स स्पानले लाखौं मानिसलाई एकैपटक खोप सुरु गर्नु खतरनाक रहेको उल्लेख गर्दै यदि समस्या देखिए खोपप्रति नै मानिसमा अविश्वास हुने  जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here