काेभिड १९ संक्रमितको संख्या दुई करोड १६ लाख नाघ्यो

73

काठमाडौं –  संसारभर  कोरोना संक्रमित (काेभिड १९) को संख्या दुई करोड १६ लाख नाघेको छ । विश्व स्वाथ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड १६ लाख तीन सय ५९ जना जनाइएकाे छ ।

आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सात लाख ६८ हजार ६ सय तीन जना पुगेको छ भने एक करोड ४३ लाख २१ हजार आठ सय ४४ जनाले कोरोना जितेका छन् ।

हालसम्म  सबै भन्दा बढी प्रभावित बनी रहेकाे   अमेरिकामा मात्र एक लाख ७२ हजार ६ सय ६ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा एक लाख सात हजार दुई सय ९७ , भारतमा ५० हजार ८४ जनाले कोरोनाका कारण गुमाईसकेका छन् । तथ्याङक अनुसार पछिल्लो समय मेक्सिकोमा समेत संक्रमणको ग्राफ बढ्दै गएको छ ।

यसका साथै मेक्सिकोमा ५६ हजार पाँच सय ४३ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । मेक्सिकोमा पछिल्लो २४ घण्टामा मात्रै ६ सय ३५ जनाले ज्यान गुमाएको तथ्याङकले देखाएको छ ।

शनिबार विहानसम्म नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म १७ हजार दुई सय एक जनाले कोरोना जितेका छन भने एक सय दुई जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here