नेपालमा मृतक सङ्ख्या बढे पनि मृत्युदर तुलनात्मक रुपमा कम

158

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९का कारण नेपालमा एक सय नेपालीले ज्यान गुमाइसके पनि अन्य देशको तुलनामा मृत्युदुर भने कम रहेको पाइएको छ । विश्वव्यापी रुपमा देखिएको सङ्क्रमण दर र मृत्यु दर अन्य देशहरुको तुलनामा नेपालमा धेरै कम रहेको छ । यो समाचार तयार पार्दासम्म नेपालमा सङ्क्रमित संख्या साढे २५ हजार पुगेको छ । वर्ड मिटरका अनुसार नेपाल सङ्क्रमित हुने देशको सूचीमा ६७ औँ स्थानमा छ ।

कम सङ्क्रमित बढी मृत्यु हुने देश
नेपालभन्दा कम सङ्क्रमित हुने अन्य देशमा मृत्युदर अत्यधिक रहेको पाइएको छ । करिब ३४ वटा देशहरुले सङ्क्रमित कम भए पनि मृत्यु हुने दरमा नेपाललाई पछाडि धकेलेका छन् ।
नेपालपछि धेरै सङ्क्रमित भएको देश अष्ट्रेलियामा नेपालमा भन्दा धेरै मृत्युको चपेटामा परेका छन् । त्यहाँ करिब २३ हजार सङ्क्रमित हुँदा ३९४ जनाको मृत्यु भएको छ । त्यस्तै, २२ हजार ८७६ जना सङ्क्रमित हुँदा युरोपेली देश अष्ट्रियामा ७२५ जना दिवङ्गत हुन पुगे ।

यस्तै, करिब २२ हजार सङ्क्रमित रहेको एल साल्भाडोरमा ५९५ जनाको ज्यान कोरोना भाइरसले लिएको छ । करिब १९ हजार सङ्क्रमित रहेको चेक गणतन्त्रमा ३९४ जनाले ज्यान गुमाए भने करिब १८ हजार सङ्क्रमित रहेको क्यामरुनमा ४०१ जनाको मृत्यु भयो । आइभोरी कोष्टमा १७ हजारभन्दा कम सङ्क्रमित हुँदा १०८ जनाको ज्यान गएको छ । यस्तै प्यालेष्टाइनमा १५ हजारलाई कोरोना पुष्टिसँगै १०६ जनाको मृत्यु भएको छ र बोस्निया हर्जगोविनामा ४६९ को ज्यान गएको छ । त्यसैगरी, करिब १५ हजार सङ्क्रमित हुँदा अत्यधिक मृत्यु हुने देशमा डेनमार्क रहेको छ । त्यहाँ ६२१ जनाको मृत्यु भयो भने दक्षिण कोरियामा ३०५ जनाको ज्यान गयो ।

नेपालभन्दा कम मृत्यु सिङ्गापुरमा

अत्यधिक सङ्क्रमित भएर पनि सिङ्गापुरमा नेपालभन्दा कम सङ्क्रमितको मृत्यु भएको छ । त्यहाँ ५५ हजार ५८० जनालाई सङ्क्रमित हुँदा मात्र २७ जनाको ज्यान गएको छ । नेपालभन्दा दुई गुणा बढी सङ्क्रमित रहेको सिङ्गापुरमा करिब चार गुणा कमको मृत्यु भएको छ । नेपालभन्दा बढी सङ्क्रमित हुने देशहरुको मृत्युदर पनि तीन अङ्कमा रहेको छ ।

सिङ्गापुरमा ५१ हजारभन्दा बढीको उपचार भइसकेको छ भने सक्रिय सङ्क्रमित पाँच हजार पनि छैनन् । दश लाखमा पाँच जनाको मृत्यु भएको सिङ्गापुरमा करिब १६ लाख ११ हजारको परीक्षण गरिएको छ । सिङ्गापुरमा ५८ लाख ५५ हजार जनसङ्ख्या रहेको खबर आजको गोरखापत्रले छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here