बिपतबाट ज्यान गुमाउनेको परिवारलाई १ लाख दिने

123

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले विपतमा परी ज्यान गुमाउनेको परिवारलाई जनही १ लाख रुपैयाँ दिने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विपतमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई १ लाख दिने निर्णय गरेको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जनकारी दिए । पछिल्लो २ महिनामा सुदूरपश्चिममा विपतबाट ६४ जनाको मृत्यु भइसकेको छ । ‘उनीहरुका परिवारलाई १ लाख दिने निर्णय भएको छ’ मन्त्री सुवेदीले भने ‘प्रदेश सरकारले अन्य राहतका कार्यक्रम पनि ल्याउनेछ ।’

विपतबाट ज्यान गुमाउनेको परिवारलाई संघीय सरकारले भने जनही २ लाख रुपैयाँ दिने निर्णय गरेको छ । एकै परिवारको एक जना भन्दा बढीको मृत्यु भएमा एक जनाको २ लाख र त्यसपछि अरु मृतकको हकमा प्रति मृतक १ लाख रुपैयाँ दिने जनाएकाे छ । विपतबाट भएको क्षतिपूर्तिका लागि प्रदेश सरकारले १ करोड रकम समेत उपलब्ध गराउने निर्णय गरेको   छ ।

‘घर विहीन भएकाहरू पूर्ण क्षति र आंशिक क्षति भएकाहरूलाई राहत दिन आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई १ करोड उपलब्ध गराउने निर्णय भएको छ’ उनले जनाएका छन् । मन्त्रिपरिषद बैठकले रामारोशन पर्यटन बोर्ड गठन प्रक्रिया समेत अघि बढाउने निर्णय गरेको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here