सुलेमानीको नाममा ब्यालिस्टिक मिसाइल सार्वजनिक

139

एजेन्सी – इरानले जनवरीमा अमेरिकी ड्रोन हमलामा मारिएका कुर्दिस बलका कमाण्डर जनरल कसिम सुलेमानीको नाममा नयाँ ब्यालिस्टिक मिसाइल ल्याएको छ ।

उक्त हतियार सार्वजनिक राष्ट्रिय प्रतिरक्षा उद्योग दिवस (अगस्ट २२) को अवसरमा बिहीबार बिहान सार्वजनिक गरिएको हो । राज्यको टेलिभिजनले प्रसारण गरेको उक्त कार्यक्रममा रक्षामन्त्री अमीर हतामीले यसलाई विशेष गरी ब्यालेस्टिक क्षेप्यास्त्रतर्फ इरानको पछिल्ला सैन्य उपलब्धि भएको बताएका छन् ।

व्यालेस्टिक मिसाइलको नाम अमेरिकी आक्रमणमा मारिएका पूर्व जनरल सुलेमानी र अर्को क्रुज मिसाइलको नाम अबू मेहदी राखिएको रक्षामन्त्री हतामीले बताए । बग्दादको नजिक जनरल सुलेमानीसँगै मारिएका इराकका शिया मिलिशियाका उप–कमाण्डर अबु महदी मुहान्डिस पनि मारिएका थिए र पछिल्ला यी हतियारको नाम पनि उनीहरूको सम्मानमा उनीहरूकै नाममा राखिएको छ ।

कसिम सुलेमानी मिसाइलले एक हजार ४०० किलोमिटर टाढासम्म र अबु महदी मुहंडिस मिसाइलले एक हजार किलोमिटरसम्मको आक्रमण गर्ने क्षमता रहेको रक्षामन्त्रीले बताए । उक्त अवसरमा इरानले घरेलु रूपमा निर्मित ड्रोनको पनि प्रदर्शन गरेको थिए ।

“इरानी हतियारहरू सजिलै पुनः उत्पादन गर्नसकिने, पर्याप्त शक्ति भएका र लक्ष्यलाई सहजै परिवर्तन गर्नसक्ने उच्च गुण सम्पन्न हुनपर्छ ।” राष्ट्रपति हसन रौहानीले आफ्नो सम्बोधनमा रक्षा उद्योगमा भएको प्रगतिलाई जोड दिँदै भने ।
राष्ट्रिय प्रतिरक्षा उद्योगले कुनै आक्रमणको रणनीतिभन्दा रक्षाको रणनीति अपनाएको छ र देशले कुनै पनि इलाका ओगट्न वा कुनै पनि देशलाई हानि पु¥याउने लक्ष्य नराखेको राष्ट्रपति रौहानीले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here