नेपालमा थपिए ७०७ कोरोना सङ्क्रमित

56

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ७ सय ७ जना कोरोना सङ्क्रमित थपिएका छन् । देशभरीका प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार ७ सय ७ जना सङ्क्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा ७०७ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरानो सङ्क्रमितको सङ्ख्या २९ हजार ६४५ पुगेको छ ।

यसैबीच काठमाडौं उपत्यकामा मात्र २ सयजना थपिएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौँमा १ सय ७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here