कोरोना संक्रमित भै बाँचेका बीर अस्पतालका चिकित्सकको आम जनतालाई सुझाव

158

काठमाण्डौ । डा. ध्रुव गैरे बीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का एशोसियट प्रोफेसर एवं वीर अस्पतालका बरिष्ठ जनरल फिजिसियन हुन् । उनी कोभिड—१९ संक्रमणका कारण गम्भीर बिरामी भएका थिए ।

सुरुमा उनलाई खानामा अरुचि, स्वाद थाहा नहुनेजस्ता समस्या देखिए । त्यसपछि डायरिया र बान्ता सुरु भयो । १५ दिनअघि साँझ ५ बजेतिर हल्का ज्वरो आएको थियो । त्यतिखेर जाँच गर्दा ज्वरो ९९ डिग्री थियो । एक घण्टापछि चेक गर्दा क्रमसः १०० हुँदैं बढेर भोलिपल्ट विहान पाँच बज्दा १०४ डिग्री पुग्यो । ज्वरो एक्कासी बढेपछि डा। गैरेलाई एम्बुलेन्समार्फत वीर अस्पताल पु¥याईयो । त्यहाँ रगतलगायतका आवश्यक परीक्षण गरियो ।

स्वास्थ्यकर्मी भएका कारण लक्षण कोभिड—१९ सँग मिल्दा जुल्दा भएपछि पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ देखियो । झण्डै भेन्टिलेटर पुग्नुपर्ने अवस्थाबाट निको हुँदैं डिस्चार्ज हुने तरखरमा रहेका डा। गैरेले कोरोनाले बनाएको स्वास्थ्य जटिलताका बारेमा यसरी खुलाएका छन् – झण्डै १७—१८ दिनअघि सुरुमा खानामा रुचि कम हुँदै गयो । स्वाद थाहा नहुने भयो । विस्तारै डायरिया र बमिट सुरु भयो ।

त्यसपछि ज्वरो आउन थाल्यो । सुरुमा ९९ डिग्री ज्वरो थियो । भोलिपल्ट विहानसम्म ज्वरो पिकमा पुग्यो, १००, १०२ हुँदै १०४ सम्म पुग्यो । एकै रातमा ज्वरो यसरी पिकमा पुग्यो । विहान ३—४ बजेतिर ज्वरोले लडाउने अवस्था नै आयो । अनि त्यहीबेला एम्बुलेन्स बोलाएर हस्पिटल पुगें । एम्बुलेन्समार्फत वीरमा पुगेपछि रगत परीक्षण गराएँ । कोभिड—१९ सँग मिल्दाजुल्दा लक्षण भएकाले कोभिड परीक्षण पनि गराएँ । सबैका रिपोर्टहरु आए । कोभिड—१९ को रिपोर्ट पोजेटिभ देखियो ।

मलाई आईसीयु चाहिने अवस्था भैसकेको थियो । वीरमा छुट्टै आईसीयु नभएका कारण त्रिवि शिक्षण अस्पताल पु¥याईयो । शिक्षण पुगेपछि अवस्था झन नाजुक हुँदै गयो । त्यहाँ पुगेको तेस्रो दिनमा त अवस्था यस्तो भयो कि चिकित्सकहरुले भेन्टिलेटरमै राख्नुपर्छ भन्ने सल्लाह गर्न थालिसकेका थिए । तर, विश्व स्वास्थ्य संगठनले तोकेका उपचारका सबै स्ट्यान्डर्ड अपनाइयो । रेम्डेसिभिर औषधि चलाइयो । प्लाज्मा थेपारी गरियो ।

भाग्य नै मान्नुपर्छ, चिकित्सकबाट जे—जे गर्नुपर्ने हो, समयमै गरिएको रहेछ । भेन्टिलेटरमा गैसकेपछि कोभिड—१९ का बिरामी फर्केर आएको बिरलै छन् । मलाई कोरोना लाग्दैन् भनेर घमण्ड नगर्नुहोस् चैत्र, बैशाखतिर देखिएको कोभिड—१९ त्यति कडा देखिएको थिएन । अहिले पनि मानिसहरु त्यही सम्झेर कोरोनालाई हेपिरहेका छन् । तर, जसले कोरोनालाई हल्का रुपमा लिन्छ, त्यसले जिन्दगीकै ठूलो भूल गर्छ । हामीजस्तो युवा मान्छेलाई त यसरी सिरियस अवस्थामा पु¥यायो ।

मलाई अहिलेसम्म केही पनि स्वास्थ्य समस्या थिएन । न सुगर, न प्रेसर न दम नै थियो । मेरो शरीरमा क्यानुला लगाइएको यो पहिलो पटक हो । कोरोनाले शरीरमा चाडो—चाडो जटिलता उत्पन्न गर्दै जाँदोरहेछ । घण्टा—घण्टामा समस्या थपिदैं जाने रहेछन् । भेन्टिलेटर र आईसीयु भन्ने कुरा त अर्डिनरी कुराहरु मात्रै रहेछन् ।

फोक्सोलाई श्वास फेर्न जति सजिलो बनाउन सक्यो, त्यति रेष्ट मिल्दोरहेछ । मलाई त्रिवि शिक्षण अस्पतालको भेन्टिलेन्टरमा राख्नुभन्दा अगाडि राखिने ‘नन इन्भ्यासिभ भेन्टिलेटर’मा उपचार गरियो । यसले अक्सिजनको फ्लो सहज बनाउँछ । मेरो शरीरले अक्सिजनले ३० प्रतिशत मात्रै स्याचुरेट गरेको थियो ।

मलाई विश्व स्वास्थ्य संगठनले तोकेको सबै मापदण्डअनुसार उपचार गरिएपछि अहिले स्वास्थ्यमा सुधार हुँदै आएको छ । अहिले अक्सिजन स्यासुरेसन गर्ने क्षमता ९२—९३ पुगेको छ ।

म आम नेपालीलाई के भन्न चाहन्छु भने अहिलेको भाइरस चैत्र र बैशाखजस्तो छैन् । अहिले किटाणु एकदमै कडा र सक्रिय छ । अबका एक दुई हप्ता कन्ट्रोल गर्न सकिएन भने अवस्था भयावह हुने निश्चित छ । अहिले अस्पतालका वार्ड र आईसीयुहरु भरिभराउ छन् । एकातिर अस्पतालमा वेडको अभाव हुँदै गएको छ, अर्कोतर्फ अस्पतालमै राख्नुपर्ने अवस्थाका केसहरु दिनदिनै बढिरहेका छन् । डन्ट टेक इट इजी ।

तपाईंको जिन्दगी तपाईको आफ्नै हातमा छ । प्लीज, म बलियो छु, मलाई रोग छैन, मलाई कोरोना लाग्दैन भनेर घमण्ड नगर्नुहोस् । लाइफ हाम्रो हातमा छैन । अबका दुई तीन हप्ता एकदमै क्रिटिकल छन् । ज्वरो आएको दुई दिनमै कडा निमोनिया निकाल्नु सामान्य कुरा होइन । मलाई त्योबेला भन्दा अहिले झन् डर लागेको छ । किनभने, त्यतिखेर मैले आफ्नो छातीको एक्स—रे हेरेको थिइन । अहिले आफ्नो एक्स—रे हेरेर आफै डराएँ । दुई दिनको अन्तरालमा मेरो फोक्सो कस्तो भएछ १ म भन्नै सक्दिन् ।

म केही रोग नलागेको र राम्रो इम्युनिटी पावर भएको मान्छेलाई त यस्तो भएछ । वृद्धवृद्धा, बालबालिका र रोग प्रतिरोधात्मक क्षमता नभएका मान्छेलाई मात्रै यसले गम्भीर बनाउँछ भन्ने जुन भ्रम छ, त्यो आजैदेखि तोडिदिनुहोस् । सबैका लागि उत्तिनै खतरनाक छ । तपाईंहरु सोसल डिस्टान्स बनाउनुहोस्, मास्क लगाउनुहोस् । दुई—तीन हप्ता बाहिर ननिस्कनुस् । दुई हप्ता बाहिर ननिस्केर पहाड र आकाश खस्ने छैन । भोकै कोही मर्ने पनि होइन । बाँचेपछि भोलि सबै गरौंला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here