चितवनमा टोलटोलमा रक्तदान

13
चितवन – जिल्लामा कोभिड–१९ का कारण रगतको अभाव भएपछि नेपाली युवा उद्यमी मञ्च चितवनले टोलटोलमा मोबाइल क्याम्प खडा गरी सोमबारबाट रक्तदान अभियान शुरु गरेको छ। मञ्चले पहिलो दिन दुई स्थानमा ३० युनिट रगत सङ्कलन गरेको छ। मञ्चका सदस्य अर्जुन रानाभाटका अनुसार पहिलो दिन भरतपुर महानगरपालिका–४ को लङ्कुक्षेत्रको अद्वैतचोक र धर्मचोकमा १५-१५ युनिट रगत सङ्कलन भएको छ। अभियानलाई निरन्तरता दिइने उनले जनाए। मञ्चका अध्यक्ष कृष्णप्रसाद सापकोटाका अनुसार यस अभियानमा एक स्थानमा १५ देखि २० जनाको मात्र रगत संकलन गरिने छ। हाल जिल्लामा निषेधाज्ञा जारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here