ढुकुटीमा थुप्रियो विदेशी मुद्रा

76

काठमाडौं – लकडाउन सुरु भएयता विदेशी मुद्राको ढुकुटी चुलिन थालेको छ। विकास निर्माणका गतिविधि बन्द हुँदा आयात बढ्न नसकेको र विदेश जाने क्रम रोकिएका कारण विदेशी विनिमय सञ्चिति आकासिएको हो।

नेपाल राष्ट्र बैंकले गत असार मसान्तमा मुलुकको विदेशी विनिमय सञ्चिति १४ खर्ब रुपैयाँ नाघेको बताएको छ। यो रकम ऐतिहासिक रूपमै धेरै हो। उक्त विदेशी विनिमयले १२ महिना २१ दिनको वस्तु र सेवा आयात धान्न सक्ने केन्द्रीय बैंकले बताएको छ।

यसअघि २०७२ मा भुकम्पपश्चात मुलुकको आयात खुम्चिने र विदेशी सहायता तथा रेमिट्यान्स बढ्दा झण्डै १५ महिनाको आयात धान्नसक्ने गरी सञ्चिति बढेको थियो। नेपाल राष्ट्र बैंकले दुई वर्षयता ७ महिनाको वस्तु र सेवा आयात थेग्ने गरी विदेशी विनिमयको जगेडा गर्ने नीति अघि सारेको छ। त्यसअघि ८ महिनालाई लक्ष्य गरिँदै आएको थियो।अन्नपूर्ण पोस्ट्बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here