दशैं अघि निर्वाचन वाणिज्य महासंघको गर्न कार्यदलको सुझाव

59

उक्त कार्यदलले तयार पारेको प्रतिवेदनअनुसार त्यस्तो सुझाव आएको हो । कार्यदलले निर्वाचनको मोडालिटी र साधारणसभाको प्रक्रिया लगायतको सुझाव तयार गरेको छ । कार्यदलले साधारणसभा वेबिनार मोडलबाट गर्नुपर्ने उल्लेख गरेको छ । स्वास्थ्य मन्त्रालयका विज्ञहरुले असोज पहिलो सातादेखि कोरोना संक्रमण क्रमसः कम हुँदै जाने तथा असोजको दोस्रो वा तेस्रो सातादेखि काठमाडौंमा निर्वाचनको प्रक्रिया थाल्न सकिने सुझाव दिएका थिए । कार्यदलले सोही तथ्यका आधारमा सुझाव दिएको हो ।

यसअघि सो कार्यदलले कोरोनाको जोखिम कम भएपछि तीन तहको निर्वाचन काठमाडौंमा नै गर्ने, भौतिक दूरी कायम गरेर वस्तुगत तथा एशोसिएटको चुनाव काठमाडौं, जिल्ला र नगरको चुनाव जिल्लामै गर्न सकिने तथा तेस्रोमा विद्युतीय मतदान गर्न सकिने लगायतका मोडालिटीको प्रस्ताव गरेको थियो । गत चैतको अन्तिम साता हुने भनिएको महासंघको निर्वाचन लकडाउनका कारण स्थगित भएको थियो । सरकारले लकडाउन खुकुलो बनाएपछि गत साउन २६ र २७ गते महासंघको निर्वाचन तय भएको थियो । तर पछिल्लो समय काठमाडौं लगायतका विभिन्न जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण बढेपछि महासंघको निर्वाचन पुनः स्थगित गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here