कृर्तिमान कायम गरी अन्तर्राष्ट्रिय नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न

208

काठमाडाैं – हलिं नेवाः गुथिको अयोजनामा गत भदौ १ गतेदेखि ७ गते सम्म भएको अन्तर्राष्ट्रिय नेपालभाषा साहित्य सम्मेलनमा साहित्य जगतमै नयाँ कृतिमान गरि सम्पन्न भएकाे छ ।

गत आइतवार विविध कार्यक्रमकाे गरी सम्पन्न भएकाे कार्यक्रममा नेपाल अधिराज्यभरिका नेपालीहरू मात्र नभइ विदेशी साहित्यकारहरूकाे समेत उल्लेखनिय रूपमा उपस्थित जनाएका थिए ।

अनलाइन जुममा भव्य रूपमा सम्पन्न भएकाे  सम्मेलनमा नेपालभाषका साहित्यलाइ नेपाली भाषा, अंग्रेजी भाषा, डच भाषा, जापानी भाषा, रुसी भाषा, स्पेनीज भाषा र पोर्चुगिज भाषामा अनुवाद गरि वाचन समेत गरेको कारण यो सम्मेलनले नेपालभाषाको साहित्यलाई अन्रतर्राष्ट्रियकरण गर्न सफल भएकाे संयाेजक श्रीकृष्ण महर्जन जनाएका छन् ।

हलिं नेवाः गुथिका अध्यक्ष जुजुमान श्रेष्ठको सभापतित्वमा सम्पन्न भएकाे कार्यक्रममा यस सम्मेनलमा  एक सय भन्दा बढि साहित्यकारहरुले रचना पाठ गर्नु भएको साथै १३ वटा देशवाट सहभागी भएको कारणले पनि यो नयाँ कीर्तिमान कायम गर्न सफल भएकाे छ ।

कार्यक्रमकाे अन्तिम दिनमा जनकवि दुर्गालाल श्रेष्ठलाई नोवेल साहित्यीक पुरस्कारका लागि आवश्यक पहलकदमि गर्ने समेत घोषणा गरेको थियो । सम्मेलनकै क्रममा हलिं नेवाः गुथिका संरक्षक शान्त प्रकाश श्रेष्ठले  साताव्यापी  नेवाः लिपिको प्रयोगको बारे गोष्ठीः,  कविता गोष्ठी,  कथा लेखन,   नेवाः राहत कोष र सबैलाई खुवाउने अभियान, मृत्यु संस्कार र दाहा संस्कार सम्वन्धी गोष्ठीः,  नेवाः सांस्कृतिक स्वायत्त क्षेत्र घोषणा अभियान, कृषि र व्यापार सम्वन्धी गोष्ठीकाे घाेषणा गरेका  छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here