उपत्यकामा निषेधाज्ञामा गर्ने चार हजार सवारी कारवाहीमा

388

काठमाडौं –  काठमाडौ उपत्यकामा कोराना संक्रमण बढेसँगै काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी छ । अत्यावश्यक तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुमति दिएका बाहेकका सवारी साधनहरुलाई संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ ।

शुक्रबार अनुमति बिना काठमाडौमा एक हजार २२१, ललितपुरमा ४१० वटा र भक्तपुरमा दुई हजार २५५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर होल्डमा राखेको छ । महानगरीय प्रहरी प्रभागका प्रवक्ता एसएसपी शुसिलकुमार यादवले निषेधाज्ञाको उल्लङ्न गरेर सवारी साधन संचालन गर्नेहरुको सवारी साधनलाई होल्डमा राखिएको बताउनुभयो ।
शुक्रबार मात्रै दिउँसो एक बजेसम्ममा तीन हजार आठ सय ८६ सवारी साधनहरु कारवाहीमा परेसँगै एक पटकभन्दा धेरै निषेधाज्ञा उल्लघंन गर्ने ५३३ वटा चारपाङ्ग्रे तथा एक हजारवटा दुई पाङ्ग्रेलाई कारवाही स्वरुप होल्डमा राखिएको छ ।

निषेधाज्ञा जारी भएको एक साता बितिसकेको समयमा निषेधाज्ञा तोड्ने सवारी साधनहरुलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन अनुसार कारवाही गर्न सकिने महानगरीय ट्राफिक महाशाखाका एएसपी भीमप्रसाद ढकालले बताउनुभयो । हामीले सुरुका दिनमा केही घन्टा होल्ड गरेर सम्झाएर पठाएका थियौ । अहिले अटेर गर्नेमाथि एक,दुई दिन र तीनसम्म होल्डमा राख्ने गरेको ढकालले बताउनुभयो । एसएसपी ढकालका अनुसार निषेधाज्ञाको पालना नगर्नेमाथि संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन अनुसार मुद्धा समेत चलाउन सक्ने प्रकृयामा पुग्ने अवस्था आएमा मुद्धा समेत चलाउने उहाँले  जनाउनुभयो ।

एसएसपी ढकालका अनुसार दैनिक एक हजार ५०० वटा सवारी साधनहरुलाई होल्डमा राखिएको बताउँदै यसलाई कम गराउन एक हजार ४०० भन्दा धेरै ट्राफिक सडकमा परिचालन भएको उहाँले स्पष्ट पार्नुभयो । जिल्ला प्रशासन कार्यालयको निर्देशननमा मास्क नलगाउनेलाई एक सय रुपियाँ जरिवाना समेत गराइरहेको एएसपी ढकालले जानकारी दिनुभयो । गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here