संसारभर काेराेना संक्रमित दुई करोड ५४ लाख नाघ्याे

75

काठमाडौं – संसारभर कोरोना सक्रमितको संख्या दुई करोड ५३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार  संसारभर कोरोना संक्रमितको संख्या दुई करोड ५३ लाख ८२ हजार आठ सय ५० नाघेको  जनाइएकाे छ ।

आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख ५० हजार पाँच सय ४४ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ७७ लाख चार हजार आठ सय ३३ नाघेको छ ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ।

अहिलेसम्म अमेरिकामा कोरोनाबाट एक लाख ८७ हजार दुई सय २४, ब्राजिलमा एक लाख २० हजार आठ सय ९६, भारतमा ६४ हजार ६ सय १७ र नेपालमा दुई सय २१ जनाको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here