उपत्यकामा थपिए ४८१ जना कोरोना संक्रमित

35

काठमाडौं – काठमाडौं उपत्यकामा आज एकै दिन  ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  १ हजार ६९  जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ४ सय ८१ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  १२ हजार  ८८  जनाको पिसीआर परिक्षणमा  १ हजार ६९ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ७६८ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या २२  हजार  १ सय  ७८ रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  ३९३ जना र ललितपुरका ५८ जना र भक्तपुरका ३० जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ४० हजार  ५ सय २९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here