कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख ५४ हजार नाघ्यो

176

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुने र संक्रमितको संख्या बढ्दै गइरहेको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिका , ब्राजिल, भारत, रसिया लगायतका ठुला देशहरु प्रभावित भएका छन् । यी ठुला देशहरुमा कोरोना संक्रमित दिनानुदिन बढ्दो छ ।

यस्तै वर्ल्डोमिटर्सको तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख ५४ हजार ७ सय ६३ पुगेको छ भने संक्रमितको संख्या २ करोड ५६ लाख ३४ हजार १ सय २ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका १ करोड ७९ लाख ३९ हजार १ सय ७६ जना उपचारपछि निको भएका छन् ।

i.PNG

हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ८७ हजार ७ सय ३६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६२ लाख ११ हजार ७ सय ९६ पुगेको छ ।

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख २१ हजार ५ सय १५ पुगेको छ भने संक्रमितको संख्या ३९ लाख १० हजार ९ सय १ पुगेको छ ।

त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ हजार १ सय ७६ पुगेको छ भने संक्रमितको संख्या ९ लाख ९५ हजार ३ सय १९ पुगेको छ ।

ii.PNG

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here